आदर्श अङग्रेजी आवासीय मा.वि. कुश्मा, पर्वतमा गेट कलेजबाट कोलावोरेसन भ्रमण तथा पूर्व विद्यार्थी सिनियर डेटा साइन्टिस्ट वरुण पौडेललाई सम्मान कार्यक्रम सम्पन्न
आदर्श न्यूज डेक्सः आदर्श अङग्रेजी आवासीय मा.वि.मा गेट कलेजबाट २०८१ जेठ ३ गतेका दिन पहिलो कोलावोरेसन अन्र्तगत विद्यालय भ्रमणका क्रममा विद्यालयमा एक कार्यक्रम सहित स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गेट कलेज काठमाडौंका डिन प्रोफेसर डा जिवक बज्राचार्य ,एन.एच.एल.स्टेन्डन युनिभर्सिटी नेदरलयान्ड
का प्रोफेसर मार्टिन गुटेरस, गेट कलेज पोखराका प्रिन्सिपल विवेक पौडेल, कान्जो नेशनल युनिभर्सिटी साउथ कोरियाका प्रोफेसर लि योङ काउनको विशेष उपस्थित रहेको थियोे । कार्यक्रममा इन्टर्नका लागि नेदरल्यान्डका पाच जना तथा गेट कलेज काठमाडौंबाट सात जना विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । आदर्श अङग्रेजी आवासीय मा.वि.ले यस शैक्षिक सत्रबाट सञ्चालन गर्न लागेको पर्यटन व्यवस्थापन तथा अतिथि सत्कारविषयलाई गेट कलेज पोखरा र गेट कलेज काठमाडौंले सहकार्य गरि अगाडि बढने कुरा बताउदै विद्यालयका प्रिन्सिपल हिम बहादुर पौडेल क्षेत्रीले यस विद्यालयले सञ्चालन गर्ने लागेको पर्यटन व्यवस्थापन तथा अतिथि सत्कार विषयको प्रारम्भिक प्रयोगात्मक अभ्यास कक्षा विद्यालयले सञ्चालन गर्ने तथा विशेष प्रयोगात्मक अभ्यास कक्षा इन्टर्नका रुपमा गेट कलेज पोखरामा हुने कुरा बताउनु भयो । गेट कलेज काठमाडौंका डिन प्रोफेसर डा. जिवक बज्राचार्यले विद्यालयले सुरु गर्न लागेको टुरिजम एन्ड हस्पिटालिटी विषयमा गेट कलेज काठमाडौंले समेत सहकार्य गर्ने तथा आवश्यकता अनुसार थप प्रयोगात्मक अभ्यास कक्षामा समेत सहयोग गरि अगाडि बढने कुरा बताउदै अहिलेको अवस्थामा विद्यार्थीहरु शिक्षण कृयाकलाप लगत्तै आफनो जीविकोपार्जनका लागि यो विषय अतिनै उपयोगी हुने कुरा बताउनु भयो । विद्यालय मोफसलमा रहेर पनि आफुलाई अन्तरास्ट्रियस्तर सम्म चिनाउन सफल भएको तथा समय सापेक्ष रुपमा प्रविधि मूलक शिक्षा प्रदान गर्ने कार्यमा लागेकोमा आफू निकै नै खुशी भएको कुरा बताउदै विद्यालयले कक्षा ११,१२ मा सञ्चालन गर्न लागेको अतिथि सत्कार तथा पर्यटन व्यवस्थापनमा एन.एच. एल. स्टेन्ड युनिभर्सिटी नेदरल्यान्डका प्रोफेसर मार्टिन गुटेरसले आफूहरु विद्यालयलाई पूर्ण रुपमा सहयोग गर्ने बताउनु भएको थियोे । विशेष अतिथि गेट कलज पो
खराका विवेक पौडेलले आफहरु यस विद्यालयलाई समेत हातेमालो गर्दै अगाडि बढाउने कुरा व्यक्त गर्नुभएको थियो ।
एस.एल.सि. २०६३ ब्याचका मेधावी विद्यार्थी सिनियर डेटा साइन्टिस्ट वरुण पौडेललाई जेठ ४ गते विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरियो । वरुण पौडेलले विद्यालयले सञ्चालन गर्न लागेको कक्षा ११ ,१२ मा पर्यटन
व्यवस्थापन तथा अतिथि सत्कार विषयलाई अमेरिककको वेस्ट युनिभर्सिटीसँग सहकार्य गराउने तथा कम्प्युटर रम्यानेजमेन्टमा हप्ताको एक दिन आफुले भर्चुअल कक्षा सञ्चालनमा सहयोग पु¥याउने कुरा व्यक्त गर्दै लामो समय पछि विद्यालयमा आउ“दा आफुलाई मन्दिर आएको अनुभूति भएको कुरा वताउनुभयो । विद्यार्थी भाइबहिनीहरुले लक्ष्य ठुलो राख्नुपर्ने कुरा बताउदै एआइको महत्वका बारेमा वताउनु भएको थियो । उक्त अवसरमा विद्यार्थीहरुलाई उत्प्रेरणा सहितको मोटिभेसनल कार्यक्रम सञ्चालन गरइिको थियो । जसले विद्यार्थीको सिकाइमा टेवा पुग्ने आशा एवम विश्वास लिइएको छ । कार्यक्रममा वरुण पौडेलकी जीवनसङगिनी सिम्पी ढुङगानाले विद्यालयले अन्तरास्टियस्तरको आइ.एस.ए.अवार्ड तथा आइ.एस.ओ. प्राप्त गरेकोले यस विद्यालय अन्तर्राष्टिय स्तरमा समेत पहिचान बनाउन विद्यालय सफल भएको कुरा व्यक्त गर्नुभयो । उक्त कार्यक्रमको सञ्चालन एकाडेमिक इन्चार्ज मीन बहादुर थापाले गर्नु भएको थियोे ।